आइतबार, २०८२ माघ १० गते
January 25, 2026

विद्यार्थी र कर्मचारीका लागि वरदान साबित हुन सक्ने ५ AI टूल्स (ChatGPT मात्र होइन)

लेखक smartv.np1
प्रकाशित बिहीबार, २०८२ मंसिर १७ गते

काठमाडौँ, मंसिर १९ – अहिलेको युग आर्टिफिसियल इन्टेलिजेन्स (AI) को युग हो। धेरैलाई ‘ChatGPT’ को बारेमा मात्र थाहा छ, तर इन्टरनेटमा यस्ता सयौँ AI टूल्स छन् जसले घन्टौँ लाग्ने कामलाई मिनेटमै गरिदिन सक्छन्। यदि तपाईं विद्यार्थी हुनुहुन्छ वा अफिसमा काम गर्नुहुन्छ भने यी ५ टुल तपाईंलाई काम लाग्न सक्छन्।

१. Gemini (Google) गुगलको यो AI टुल ‘रिसर्च’ गर्नका लागि उत्कृष्ट छ। यसले इन्टरनेटमा भएका ताजा जानकारीहरू (Real-time data) दिन सक्छ, जुन ChatGPT को फ्री भर्जनले सक्दैन। असाइनमेन्ट वा रिपोर्ट बनाउन यसले धेरै मद्दत गर्छ।

Advertisement

२. Canva (Magic Studio) तपाईंलाई ग्राफिक डिजाइन आउँदैन? चिन्ता नलिनुहोस्। Canva को AI प्रयोग गरेर तपाईंले केही सेकेन्डमै आकर्षक पोस्टर, लोगो वा प्रेजेन्टेसन बनाउन सक्नुहुन्छ। यसले लेखेको भरमा फोटो पनि बनाइदिन सक्छ।

३. Grammarly / Quillbot अंग्रेजी लेख्दा ग्रामर बिग्रिएर तनाव हुन्छ? Grammarly ले तपाईंको गल्ती सच्याइदिन्छ भने Quillbot ले तपाईंले लेखेको सामान्य वाक्यलाई ‘प्रोफेशनल’ भाषामा बदलदिन्छ। इमेल लेख्दा यी टूल्स एकदमै उपयोगी हुन्छन्।

४. Otter.ai अफिसको लामो मिटिङ वा अनलाइन क्लासमा नोट सार्न गाह्रो भयो? Otter.ai ले बोलेका सबै कुरालाई सुनेर आफैँ नोट (Text) बनाइदिन्छ। यसले तपाईंको समय धेरै बचत गर्छ।

५. Midjourney / Leonardo.ai तपाईंको कल्पनालाई तस्बिरमा उतार्न यी टूल्स प्रयोग गर्न सकिन्छ। यी AI ले तपाईंले वर्णन गरेअनुसारको उच्च गुणस्तरको चित्र (Image) बनाइदिन्छन्, जुन तपाईंले आफ्नो प्रोजेक्टमा प्रयोग गर्न सक्नुहुन्छ।

अन्त्यमा, AI ले मान्छेको जागिर खान्छ भनेर डराउनुभन्दा यसलाई चलाउन जान्ने मान्छे बन्नु बुद्धिमानी हुन्छ। यी टूल्स आजै ट्राइ गर्नुहोस्।

सेयर गर्नुहोस्: